विश्वकप २०१८ : इजिप्टको टोली घोषणा, सलाहले पनि खेल्ने

एजेन्सी

मंगलबार, २२ जेठ २०७५, १० : ४५
विश्वकप २०१८ : इजिप्टको टोली घोषणा, सलाहले  पनि खेल्ने

इजिप्ट । विश्वकप फुटबलका लागि इजिप्टको अन्तिम टोलीको घोषणा भएको छ । घोषणा भएको टोलीका चोटग्रस्त मोहम्मद सालह पनि परेका छन् ।

साहल अघिल्लो शनिबार युक्रेनको राजधानी किएभमा भएको च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएका थिए । फाइनलमा सालहको टिम लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो ।
सालह विश्वकपका अघिल्ला खेलमा नभए पनि पछिल्ला खेलमा भने उपलब्ध हुने डाक्टरले बताएका छन् । सालहले जुन ९ सम्म टिमका खेलाडीसँग भेट गर्ने छैनन् ।

समूह ए मा रहेको इजिप्टले पहिलो खेलमा जुन १५ मा उरुग्वे तथा १९ जुनमा रुस र २५ जुनमा साउदी अरेबियासँग खेल्नेछ । २८ वर्षपछि इजिप्टलाई विश्वकपमा छनौट गराउनुमा सालहको महत्वपूर्ण भूमिका छ ।

प्रशिक्षक हेक्टर कुपरको टिम इजिप्टले अभ्यास खेलमा शुक्रबार कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो । त्यो खेलमा सालह थिएनन् ।

इजिप्टको अन्तिम विश्वकप टोली
गोलरक्षक : एसाम एल हाडारी, मोहम्मद एल शेन्नावी, शेरिफ एक्रामी

डिफेन्डरस् : अहमद फातही, साद सामिर, एमान अश्रफ, माहमुद हामदी, मोहम्मद अब्देल शाफी, अहमद हेगाजी, अली गाब्र, अहमद एलमोहमदी, ओमार गाबर

मिडफिल्डरस् : तारक अहमद, शिकाबाला, अब्दल्लाह साइद, साम मोर्सी, मोहम्मद एलनेनी, माहमोउद काहरबा, रमादान सोब्ही, महमोउद हसन, अम्र वार्दा

फरवार्डस् : मार्वान मोहसेन, मोहम्मद सालह

प्रतिक्रिया दिनुहोस