काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले न्यायाधीशलाई २ करोड रुपैयाँको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई साथ दिनभित्र जवाफ पेस गर्न परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो ।
सात दिनभित्र जवाफ पेस नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ । सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउनेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको मोलमोलाइको अडियो सार्वजनिक भएको थियो ।
सार्वजनिक अडियोमा पोखरेलले ‘मुद्दा मिले २ करोड रुपैयाँ तपाईंको भागमा पर्छ’ भनेर प्रलोभन दिइरहेको सुनिन्छ । उक्त अडियोमा अधिवक्ता पोखरेलले ‘माथिबाट’ भन्न लगाउने भन्दै न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश