काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ।
नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ।पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन। नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिद–बिक्री भएको छ। कम्पनीको आज एकैदिन नौ करोड ३४ लाख रुपैयाँभन्दा माथि कारोबार भएको छ।
त्यस्तै, एसिएन लाइफ इन्स्योरेन्सको सात करोड ३९ लाख, अपि पावरको पाँच करोड ८९ लाख, अपर तामाकोसीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको चार करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार