मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १३ : ४४
मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।

उनले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबासको लागि घर घडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिए।

उनले कुप्रचारको निर्मुल गर्न जरुरी भएकोले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए। प्रधानमन्त्री देउवाले हरुवा चरुवालगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतीका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘हरुवा चरुवालगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतीका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन र विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न नेपाल सरकारका सबै मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन्छु। मुक्त कमैयालाई आत्मनिर्भर बनाउने, उनीहरुको स्वतन्त्रता र स्वाभीमानलाई आत्मसम्मान बढाउन तीनै तहका सरकार र अन्य सरोकारवालाहरु प्रतिवद्ध हुन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस