काठमाडाैँ । कञ्चनपुरमा सर्पकाे टाेकाइबाट एक महिलाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट बेल्डाडी गाउँपालिका-२ की ६५ वर्षीया कमलादेवी महर विष्टको आज(सोमबार) बिहान मृत्यु भएको हो।घरमा सुतिरहेकी उनलाई राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १२ : ४७
लेखकबाट थप