विश्वकप २०१८ : जर्मनीको टोली घोषणा

एजेन्सी

सोमबार, २१ जेठ २०७५, १९ : ३०
विश्वकप २०१८ : जर्मनीको टोली घोषणा

म्युनिख । साविक विश्वकप विजेता जर्मनीले आउंदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् ।

लेरोय साने अष्ट्रिया विरुद्धको हारमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा परेनन् । यसैगरी गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाह पनि रुस जाने टोलीमा सामेल छैनन् ।

जर्मनीको अन्तिम विश्वकप टोली

गोलकिपर – म्यानुयल नोया, मार्क-आन्द्रे टेर स्टेघन

डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर

मिडफिल्डर/ फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडि

प्रतिक्रिया दिनुहोस