काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएपनि पेट्रोलमा घाटा कायमै रहेको जनाएको छ। निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ प्रतिलिटर घाटा रहेको हो । यस्तै डिजेलमा २१.९२ रुपैयाँ तथा ग्यासमा पनि प्रतिलिसिन्डर ५८२ रुपैयाँ ४२ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यद्यपी हवाई इन्धनमा भने केही नाफा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब १६ कारेड घाटा हुने देखिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको खरिद लागत १९५ रुपैयाँ १९ पैसा रहेको छ भने हालको बिक्रीमूल्य १८१ रुपैयाँ छ । यस्तै डिजेलको खरिद लागत १९३ रुपैयाँ ९२ पैसा हुँदा हालको बिक्रीमूल्य १७२ रुपैयाँ रहेको छ ।
यस्तै ग्यास २३८२.४२ रुपैयाँमा किनेर निगमले १८०० रुपैयाँमा बेच्दै आएको छ । निगमले पेट्रोलियम पदार्थ खरिदवापत भुक्तानी गर्नुपर्ने बक्यौता रकमलाई घटाउनका लागि सरकारले ७ अर्ब रुपैयाँ ऋण दिने निर्णय भएको जानकारी दिँदै पूर्वाधार विकास शुल्क बापत जेठ महिनाको ५९ करोड पनि फिर्ता दिने निर्णय भएको जानाएको छ । राथै निगमले ३ अर्ब ऋण पनि लिने प्रक्रियामा रहेकाले आपूर्ति व्यवस्था सहज गर्न सकिने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, २० : १७
लेखकबाट थप