नवनिर्वाचित उपसभामुख भुसालद्वारा शपथ ग्रहण

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, १७ : १२
नवनिर्वाचित उपसभामुख भुसालद्वारा शपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए ।  भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस