काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।
सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।
तर, भ्रमणको अन्तिम दिन आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । ‘जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट थियो,’ प्रचण्डको सचिवालय भन्यो, ‘यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको छ ।’
प्रचण्ड आज (आइतबार) साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड