नागरिक लगानी कोषद्वारा व्याजदर परिवर्तन

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १६ : ०७
नागरिक लगानी कोषद्वारा व्याजदर परिवर्तन

काठमाडौं । नागरिक लगानी कोषले साउन १ गतेदेखि लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५  प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पु¥याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । 

त्यसैगरी साउन १ देखि लागु हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान  कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय पनि कोषले गरेको छ । 

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले वीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ । 

राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस