प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १५ : २८
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर

काठमाडौँ  । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ।

काठमाडौँमा एक कार्यक्रमबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिनेछ भने मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ।

मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेशकुमार भट्टराई रहने सम्झौता भएको छ।

 

प्रतिक्रिया दिनुहोस