काठमाडौँ । नेपालमा पहिलोपटक अमेरिकी कालो गिद्ध फेला परेको छ । संरक्षणकर्मीका अनुसार गत मंगलबार र बुधबार कावासोतीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा यो प्रजातिको गिद्ध देखिएको हो ।
दक्षिण अमेरिकाको पेरु, चिली र उरुग्वेमा मात्र देखिने यो गिद्ध यहाँको जंगलमा पहिलोपटक देखिएको संरक्षणकर्मी डिबी चौधरीले बताए । उनका अनुसार गत मंगलबार बिहान पौने ८ बजे र बुधबार बिहान पौने ११ बजे यो गिद्ध देखिएको हो ।
बथानमा उड्दा समूह छुटेर यता आइपुगेको हुनसक्ने चौधरीको अनुमान छ । चितवन निकुञ्ज अन्तर्गत कावासोतीको दक्षिण नारायणी नदी किनारमा रहेको नमुना मध्यवर्ती सामुदायिक वनमा यो गिद्ध देखिएको हो । नेपाल र दक्षिण एसियामा ९ प्रजातिका गिद्ध मात्र पाइन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १२ : २३
लेखकबाट थप