हर्क साम्पाङ र रवि लामिछानेबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १२ : १८
हर्क साम्पाङ र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग छलफल गरेका छन् । भेटमा लामिछानेले साम्पाङसँग सहकार्यको प्रस्ताव राखेका थिए ।  

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला, सहकार्य जारी रहनेछ ।’

लामिछानेले साम्पाङलाई उनकै कार्यकक्षमा भेटेका थिए । साम्पाङ गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररूपमा धरानको मेयरमा विजयी भएका थिए ।
 लामिछानेले केही समयअघि पार्टी दर्ता गरेका थिए । उनी आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । 

प्रतिक्रिया दिनुहोस