गभर्नरलाई बर्खास्त गर्न माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, २० : २२
गभर्नरलाई बर्खास्त गर्न माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ।

काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि अखिल क्रान्तिकारीले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन्।

‘गभर्नर भएर राजनीति गर्न पाइँदैन। अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए।

त्यस क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस