काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि तीन दिने भारत भ्रमका लागि जाँदै छन् ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको उल्लेख गरे।
त्यस बेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए । उनले बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको मल्लले जानकारी दिएका छन् । भारत भ्रमण सकेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’