काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन्।
सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए।
उनले भने, ‘मेरो सुझाव छ– एक हप्ताभित्र राष्ट्रिय सभाको उपाध्यक्षको पनि निर्वाचन होस्। र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस्।’त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १४ : २८
लेखकबाट थप