गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १२ : २७
गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग

काठमाडौँ  । राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

बिहीवार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन्। उनले नियम, कानुन, मूल्यमान्यता, गल्ती र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब, आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे।

उनले भने, ‘नियम कानुन मूल्यमान्यता, गल्ती र नैतिकता समाजलाई सुसंस्कृत बनाउनलाई हो। सकेसम्म संघर्ष नगरेर अभियान नचलाएर दबाब नदिएर‍ आन्दोलन नगरेर यो नैतिकतालाई स्थापित गर्न पाए राम्रो हुने थियो भन्ने प्रतिपक्ष दलका नेताको उद्घोषलाई यति खेर पुनः आत्मसाथ गर्नुपर्ने देखिन्छ। बाहिर पत्रपत्रिकामा चर्चा परिचर्चा छ। एमालेको अर्थ तथा योजना विभागका
एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन्। सरकार छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु।’

 

प्रतिक्रिया दिनुहोस