काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि बिहीवारदेखि निर्वाचन कार्यक्रम शुरू भएको छ । संघीय संसद सचिवालयले शुक्रवार मतदान गर्ने गरी बुधवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
उक्त कार्यतालिका अनुसार बिहीवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको तोकिएको छ । तर, बिहान साढे ११ सम्म कुनै पनि दलले मनोनयन दर्ता गराएका छैनन् । बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मनोनयन स्थल तोकिएको छ ।
मनोनयन दर्ता गर्नका लागि निर्वाचन अधिकारीहरू निर्धारित समयदेखि नै दलहरूलाई कुरेर बसेका छन् । तर, यो समाचार तयार पार्दासम्म उनीहरू मनोनयनका लागि पुगेका छैनन् । सत्तारुढ दल नेपाली कांग्रेसले पुष्पा भुसाललाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १२ : ०५
लेखकबाट थप