अपर सोलुको आईपीओ बाँडफाँट

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १२ : ०२
अपर सोलुको आईपीओ बाँडफाँट

काठमाडौँ  । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बाटफाँड गरेको आईपीओ १ लाख ८२ हजार ०४७ जनाले हात पारेका छन् ।गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । यीमध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन्।शेयरका लागि १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए । तीमध्ये एक हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस