नास्टले परिणाम देखिने गरी काम गर्नुपर्नेमा शिक्षामन्त्री पौडेलको जोड

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, ११ : ३४
नास्टले परिणाम देखिने गरी काम गर्नुपर्नेमा शिक्षामन्त्री पौडेलको जोड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा आज बौल्दै उनले विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने बताएका हुन् । 

उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पु¥याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गरे । 

पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवर्द्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पु¥याएको योगदान स्मरणयोग्य भएको पनि उल्लेख गरे । 

सभाबाट सातवटै प्रदेशमा विशिष्टर्कत अनुसन्धान केन्द्र राख्ने निर्णय समेत भएको छ । त्यसका लागि प्रदेश १ को विराटनगर, मदेश प्रदेश बर्दिवास, बागमती प्रदेश रामपुर, चितवन, गण्डकी प्रदेश पोखरा, लुम्बिनी प्रदेश दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर राख्ने प्रस्ताव गरिएको थियो । सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस