खानेपानी र सरसफाइमा सुधार गर्ने नेपालले विश्व बैंकबाट १० अर्ब ऋण लिने सम्झौता

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, ११ : ०६
खानेपानी र सरसफाइमा सुधार गर्ने नेपालले विश्व बैंकबाट १० अर्ब ऋण लिने सम्झौता

काठमाडौँ  । खानेपानी र सरसफाइमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्नका लागि नेपालले विश्व बैंकबाट ८ करोड डलर (करिब १० अर्ब रुपैयाँ) ऋण लिने सम्झौता भएको छ । उक्त समझदारी पत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र विश्व बैंकको मल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

उक्त रकम खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई पानीको सुनिश्चित गर्न तथा खानेपानी सेवाको स्तरलाई प्रवर्द्धन खर्च हुने जनाइएको छ ।आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस