विक्रमासिंघे बने श्रीलंकाको कार्यवाहक राष्ट्रपति

एजेन्सी

बुधबार, २९ असार २०७९, १५ : ३१
विक्रमासिंघे बने श्रीलंकाको कार्यवाहक राष्ट्रपति

एजेन्सी । श्रीलंकाको कार्यवाहक राष्ट्रपतिमा प्रधानमन्त्रीसमेत रहेका रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।  

संसदका सभामुखका अनुसार श्रीलंकाको संविधानको धारा ३७(१) बमोजिम विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेको हो । पछिल्लो समय संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट सबै घोषणाहरू भइरहेका छन् ।

रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ भने पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।आपतकालका बाबजुद पनि हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीलाई रोक्न सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

धेरै प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया र प्रधानमन्त्री विक्रमासिङ्घेले साँझसम्म राजिनामा नगरे संसदलगायत सरकारी भवनहरू कब्जा गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस