नागरिकता विधेयक अघि बढ्यो, विरोधको सूचना बहुमतले अस्वीकृत

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १२ : ४१
नागरिकता विधेयक अघि बढ्यो, विरोधको सूचना बहुमतले अस्वीकृत

काठमाडौँ । नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभामार्फत अघि बढेकाे छ । बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पेस गरेका हुन् । 

त्यसअघि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नै बिरोधको सूचना राखेका थिए । तर, उनीहरुको बिरोधको सूचना बहुमतले अस्विकृत भएको थियो ।