हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, २० : १५
हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार साँझ नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएको छ।

प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । यसबीचमा दुई पक्षबीच ठेलमठेल भएको थियो ।प्रदर्शनकारीहरुले सरकारविरोधी ब्यानरसहित ‘भ्रष्टाचारी सरकार चाहिँदैन’ लगायतका नाराबाजी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस