सञ्चार क्षेत्रलाई मयार्दित बनाउनुपर्छ : मुख्यमन्त्री केसी

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १९ : ३७
सञ्चार क्षेत्रलाई मयार्दित बनाउनुपर्छ : मुख्यमन्त्री केसी

लुम्बिनी  । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मयार्दित हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदान पु¥याउन आवश्यक रहेको बताए । प्रदेश सरकारले पत्रकारलाई सम्मान गरी लोकप्रियता कमाउनुभन्दा पनि पत्रकारले गरेको कामलाई सम्मान गरेको बताउँदै उनले आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारका जनमुखी कार्यलाई जनतासमक्ष पु¥याईदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस