सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्डमा यातायात बन्द

आइतबार, २० जेठ २०७५, १६ : ४४
सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्डमा यातायात बन्द

फाइल फोटो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि यातायात आवागमन बन्द भएको छ । सुख्खा पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउने काम सुरु हुन समेत सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तले पहिरो खस्न नरोकिएकोले पहिरो हटाउने काम सुरु नै हुन नसकेको बताउनु भयो । पहिरो हटाउने काम सुरु भएपछि पहिरो हटाउन दुई घण्टा जति लाग्ने बताउँदै उहाँले काठमाडौँ जाने साना सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो । नारायणगढ मुग्लिन सडकखण्ड भएरै यात्रा गर्नुपर्ने भएमा सुरक्षित ठाउँमा धैर्यतापूर्वक बस्न उहाँले यात्रु र चालकलाई अनुरोध गर्नुभएको छ ।
सुख्खा पहिरोले यातायात अवरुद्ध भएपछि चारकिलो र आसपासका क्षेत्रमा सयौँको संख्यामा यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस