जंगलमा झुण्डिएको अवस्थामा दुईजनाको शव फेला

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, ०८ : ३७
जंगलमा झुण्डिएको अवस्थामा दुईजनाको शव फेला

पोखरा । कास्कीमा जंगलमा झुण्डिएको अवस्थामा दुईजनाको शव फेला परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी स्थित जंगलको एक रुखमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । ‘हामीलाई शवबारे आइतबार राति खबर आएको थियो ।  शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस