काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बैठकमा सहभागी हुन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका कोइरालाले यही प्रकृतिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश केपी शर्मा ओलीले ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै अहिले आएको विधेयक पनि फिर्ता हुनुपर्नेमा जोड दिए ।
उनले नागरिकतामा पनि राजनीति गर्न नहुने बताउँदै राष्ट्रिय सहमति गरेर नागरिकताको विषय टुंग्याउनुपर्ने जिकिर गरे । पार्टी केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो । बैठकअघि शेखर पक्षका कार्यकर्ताहरूले पार्टी कार्यालय अघि विरोध प्रदर्शनसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला