सांसद्‌ले उठाएका विषयप्रति सभामुखले गराए सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १२ : १०
सांसद्‌ले उठाएका विषयप्रति सभामुखले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने । 

शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस