पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, २० : ५४
पौडी खेल्ने क्रममा बेपत्ता बालक मृत फेला

लमजुङ । लमजुङको मध्यनेपाल–६, भोर्लेटारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको शव तनहुँको बैरेनीमा फेला परेको छ।

भोर्लेटारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता रोनिश विकको शव तनहुँको ब्यास नगरपालिका बैरेनीस्थित बोटेगाउँ मादी नदी किनारमा फेला परेको हो।

रामबजार बस्दै आएका १० वर्षीय विक शनिबार दिउँसो मिदिम खोलामा पौडी खेल्न गएका थिए। उनलाई अपराह्न सवा ३ बजेतिर खोलाले बगाएको हो।

पौडी खेल्न गएका दुई जनामध्ये सँगै गएका साथीले हारगुहार गरेपछि स्थानीय र प्रहरीले उनको खोजी गरेका थिए। मिदिम खोलाले बगाएर मादिएमा मिसिएका विकलाई आइतबार मात्रै फेला पारेको तनहुँ प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस