१४ लाख मूल्य बराबरको अवैध सामान बरामद

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, ११ : ३४
१४ लाख  मूल्य बराबरको अवैध सामान बरामद

नवलपुर । नवलपरासी (पश्चिम) प्रहरीले भन्सार छलेर ल्याइएको १४ लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामत गरेको छ । बर्दघाट नगरपालिका–४  टिसीएन चोकमा खानतलासीका क्रममा ट्रकमा लोड गरिएको  १४ लाख ११ हजार १ सय ४० मूल्य बराबरको अवैध चिनी तथा कपडा बरामद गरिएको प्रहरीले जनाएको छ  ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फबाट उत्तर तर्फ आउँदै गरेको ना ६ ख २३८८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध सामान भेटिएको प्रहरी प्रवक्ता डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।  

त्यसैगरी सोही स्थानमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ७  ख २०१५ नम्वरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा फेला पारेको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस