काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमका कुल २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सोमबार अर्थात् असार २७ गते दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको बिक्री भने असार २८ गते हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्था लगायत निजी कम्पनी, फर्म र व्यक्तिले समेत बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम अर्थात् ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणाली बाटै र बाँकी १५ प्रतिशत भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै