भारतीय राजदूत श्रीवास्तव र प्रधानसेनापति शर्माबिच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, २० : ४७
भारतीय राजदूत श्रीवास्तव र प्रधानसेनापति शर्माबिच भेटवार्ता

काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले जंगीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् ।

शर्माले नेपाल–भारत सीमालाई नियमन गर्नुपर्ने बताएका बेला नेपालस्थित भारतीय राजदूत श्रीवास्तव जंगीअड्डा पुगेका हुन् । तर यो भेट सामान्य शिष्टाचार भेट भएको जंगीअड्डाले जनाएको छ ।

भेटका क्रममा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस