काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ ।
वडाबाट छलफलविना बजेट पारेको भन्दै नगरसभा सदस्यहरुले मेयर बालेन्द्र साहको ध्यानाकर्षण गराएका थिए । यस्तै बजेटमा दलित शब्द नपरेको भन्दै केही नगरसभा सदस्यहरुले आपत्ति जनाएका थिए ।
तीन वटा वडाका लागि एकजना मात्रै इन्जिनियर खटाएको प्रति असन्तुष्ट व्यक्त गर्दै नगरसभा सदस्यहरुले प्राविधिक जनशक्ति आवश्यक रहेको बताएका थिए ।
मेयर साहले दलित शब्द राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । बजेट र कार्यक्रम नपरेको भए १२ वटा विषगयत समितिका संयोजकलाई जानकारी दिन साहले आग्रह गरेका थिए । विनियोजन विधेयक पनि सर्वसम्मत पारित भएको छ । १७ असारमा महानगरले आर्थिक विधेयक सर्वसम्मत पारित गरेको थियो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरुमा छलफल भएको थियो । छलफलमा उठेका प्रस्तावहरुसंशोधन सहित समावेश गर्ने प्रतिबद्धता मेयर साहले व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति