टी–२० विश्वकपको ट्रफि नेपाल ल्याइने

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १३ : २५
टी–२० विश्वकपको ट्रफि नेपाल ल्याइने

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको ट्रफि पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफि टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अनुसार ट्रफि टुर आज (शुक्रबार)बाट सुरु भएको छ ।विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफिलाई विश्वको विभिन्न शहरहरुमा पुर्‍याउने यात्रा सुरु भएको हो । जसलाई ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ ।

ट्रफि नेपालको कुन कुन ठाउँमा पुर्‍याइने भन्ने बारे खुलाइएको छैन । ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ । नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो । यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफि नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस