‘मिस्टर झोले’को ट्रेलर युट्युब ट्रेन्डिङमा १ नम्बरमा

मंगलबार, २६ मंसिर २०७४, १६ : १७



चितवन । नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को ट्रेलर युट्युब ट्रेन्डिङमा नम्बर एक मा आइपुगेको छ ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको थियो । ट्रेलरमा दयाहाङ राई, वर्षा राउत, बुद्धि तामाङ, दिया पुन, प्रविन खतिवडा लगायतका कलाकारलाई हाइलाइट गरिएको छ ।

पुस २८ गतेका लागि रिलिज डेट लिएको चलचित्रको कथा रामबाबु गुरुङले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस