काठमाडौँ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभर धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेस प्रदेशका एक(दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानहरु साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना