काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताकोे हित र संरक्षणका लागि सङ्घीयता आवश्यक भएको बताएका छन। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको आज भएको ‘चौथो दक्षिण एशियाको सार्वजनिक नीति तथा शासन’ विषयक दुई दिने सम्मेलन शुभारम्भ गर्दै उनले नागरिकलाई सहज,सुलभ तथा प्रभावकारी सेवा प्रदान गर्न सङ्घीयता आवश्यक रहेको बताएका छन ।
मन्त्री श्रेष्ठले भने, “नागरिकको मौलिक हक प्रत्याभूत गर्नाका साथै मुलुकले आफ्नो कार्यक्षमता विस्तार गर्न पनि सङ्घीयताको आवश्यकता रहन्छ ।” सङ्घीय शासन व्यवस्थालाई संस्थागत गरी नागरिकका आकाङ्क्षा पूरा गर्न तथा राष्ट्रको विकासका लागि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयमा समेत बृहत् छलफल गर्न आवश्यक रहेको उनले बताए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनालले मुलुकमा राजनीतिकका साथै प्रशासनिक तथा जनताको हितमा के–कस्ता काम भइरहेका छन् सो विषयमा विज्ञबीच छलफल गरी जानकारी लिनुपर्नमा जोड दिए । उनले भने, “अन्य एशियाली मुलुक भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काले सङ्घीयताको अभ्यासमा के–कसरी काम गरिरहेका छन् उनीहरुको अनुभव पनि लिनुपर्छ ।”
कार्यक्रममा मुलुकको सङ्घीय शासन प्रणालीको अभ्यासका लागि नीति निर्माण तथा शासकीय आयाम र पद्धतिका बारेमा छलफल एवं अनुभव आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अव्यवस्थित राजनीतिका कारण खेलाडीहरूको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ
खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न मन्त्री श्रेष्ठको निर्देशन
कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ
घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ
नागरिकको काम गर्न निर्देशन नकुर्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ