काठमाडौं । युरोकप महिला फुटबल इंग्ल्याण्डमा सुरू भएको छ । म्यान्चेस्टरमा बुधबार राति भएको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हराएको छ ।
खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै इंग्ल्याण्डले समुह ‘ए’ मा ३ अंकसहित अग्रता लिएको छ । यही समुहको अर्को खेलमा आज बिहीबार राति नर्वेले नर्दन आयरल्याण्डको सामना गर्नेछ । १६ टोली सहभागि युरोकप फुटबल जुलाई ३१ तारिखसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ११ : ०३
लेखकबाट थप