काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने बताएका छन । बुधबार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताए। पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो ।
जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव प्रक्रिया तत्काल थाल्ने बताए। मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गरे।
त्यस्तै, पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताए । उनले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताए । मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताए ।
मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ
निगमको नेतृत्वले क्षमता विकास गर्न सकेन : पर्यटनमन्त्री श्रेष्ठ
मरणोपरान्त अंगदान गर्ने पर्यटनमन्त्री श्रेष्ठको घोषणा
समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
देशको संस्कृति र सभ्यता संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ
नेपाल सम्बतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ