शेयर बजारमा सकारात्मक संकेत, १ अर्ब १७ करोडको कारोबार

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १५ : २७
शेयर बजारमा सकारात्मक संकेत, १ अर्ब १७ करोडको कारोबार

काठमाडौं । कारोबार हुने साताको चौथो दिन शेयर बजार सकारात्मक देखिएको छ । बुधबार नप्से परिसूचक १३.३३ अंकले बढेर २०४३ विन्दुमा पुग्दा ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक १.६८ अकले बढेर ३८८.९१ विन्दुमा छ ।

बजार हरियाली छाउँदा लगानीकर्ताको उत्साह पनि बढेको छ । यसदिन २ सय २८ कम्पनीका ६२ लाख ६३ हजार ३ सय १० कित्ता शेयर १ अर्ब १७ करोड ८६ लाखको कारोबार भयो ।

यस दिन सबैभन्दा धेरै जीवन बीमा समूह २६६.३२ अंकले बढेको छ । बैंक, निर्जीवन बीमा र म्युचल फन्ड समूह ऋणात्मक हुँदा अन्य सबै समूह बढेका छन् । व्यापार र लगानी समूह भने सामान्य मात्र बढ्यो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन र सीवाईसी नेपाल लघुवित्तम सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावर, सिभिल बैंक रिलायन्स फाइनान्सका लगानीकर्ताले पनि राम्रै रकम छापेका छन् । यसदिन गोर्खा फाइनान्सको मात्र ११ करोड ७२ लाख रुपैयाँको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस