काठमाडौं। चीन, रुस र इरानले दक्षिण अमेरिकामा अन्य १० वटा मुलुकहरूसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यी देशका सैनिकहरू कसरी अमेरिकाको मुख्यभूमिमा पुगेर आक्रमण गर्न सक्छन् भन्ने संकेत दिन यो अभ्यास गर्न लागिएको हो । अगस्ट महिनाको मध्यमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले युद्ध अभ्यासको आतिथ्य गर्ने कार्यक्रम रहेको सेन्टर फर ए सिक्योर फ्री सोसायटी नामक थिंकट्यांकले जानकारी दिएको छ ।
स्नाइपर फ्रन्टियर प्रतियोगिता नामक यी युद्ध अभ्यासहरूमार्फत दक्षिण अमेरिका बहुध्रुवीय शक्तिलाई अँगाल्न तयार रहेको संकेत दिन खोजिँदैछ । रुसले पहिलोपटक पश्चिमी गोलार्धमा युद्ध अभ्यास गर्न लागेको हो । दक्षिण अमेरिकामा अमेरिकाविरोधी सरकारहरू धमाधम गठन भइरहेको बेलामा उनीहरू रुस, चीन र इरानसँग सम्बन्ध बढाउन चाहन्छन् भन्ने सन्देश यस युद्ध अभ्यासले दिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास