काठमाडौं। चीन, रुस र इरानले दक्षिण अमेरिकामा अन्य १० वटा मुलुकहरूसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यी देशका सैनिकहरू कसरी अमेरिकाको मुख्यभूमिमा पुगेर आक्रमण गर्न सक्छन् भन्ने संकेत दिन यो अभ्यास गर्न लागिएको हो । अगस्ट महिनाको मध्यमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले युद्ध अभ्यासको आतिथ्य गर्ने कार्यक्रम रहेको सेन्टर फर ए सिक्योर फ्री सोसायटी नामक थिंकट्यांकले जानकारी दिएको छ ।
स्नाइपर फ्रन्टियर प्रतियोगिता नामक यी युद्ध अभ्यासहरूमार्फत दक्षिण अमेरिका बहुध्रुवीय शक्तिलाई अँगाल्न तयार रहेको संकेत दिन खोजिँदैछ । रुसले पहिलोपटक पश्चिमी गोलार्धमा युद्ध अभ्यास गर्न लागेको हो । दक्षिण अमेरिकामा अमेरिकाविरोधी सरकारहरू धमाधम गठन भइरहेको बेलामा उनीहरू रुस, चीन र इरानसँग सम्बन्ध बढाउन चाहन्छन् भन्ने सन्देश यस युद्ध अभ्यासले दिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’