काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भातृसङ्गठन रहित हुने भएको छ । प्रवक्ता मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि प्रकारको भातृसङ्गठन नहुने स्पष्ट गरे ।
‘युवा, महिला, मजदुर, किसान , पेशागत नेपाली, व्यवसायी , आदिवासी, दलित लगायत सबैको आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाइन्छ र नेपालीहरूलाई राजनीतिभन्दा आफ्नो कर्ममा तल्लिन हुन प्रोत्साहन गरिन्छ’, उनले भने, ‘भातृसङ्गठनहरूको निर्माण जुन सुकै उद्देश्यबाट भए पनि वर्तमान अवस्थामा त्यस्ता भातृसङ्गठनहरू राजनीति गर्ने थलो बनेका छन् जबकी राजनीतिक पार्टीको मूल संरचनाबाटै राजनीति गर्न सम्भव छ ।’
घरै पिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरि राजनीतिलाई सुसज्जित बनाउनु आफूह?को उद्देश्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा