प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १९ : १६
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छिट्टै छलफल हुन्छ : कानुनमन्त्री बन्दी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी गरे ।

‘संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पास भइसकेको छ । बजेट पास भइसकेपछि बाँकी रहेको विधेयकहरु आउँदैछ । साथसाथै महाअभियोगलाई पनि छिट्टै हामी संसदमा छलफल गराउँदैछौं । संसदमा छलफल गराउने कुरामा चाहिँ कार्य व्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ । अब त्यो धेरैबेर रहन्न’ उनले भने ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा छलफल भएर टुंगो लाग्ने मन्त्री बन्दीले बताए । ‘यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरु के–के हुन, त्यो आरोपसँग सम्बद्ध प्रमाणहरु के–के हुन् ? त्यसबारे संसदमा व्यापक छलफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस