नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने: सांसद रावल

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १६ : १५
नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने: सांसद रावल

काठमाडौँ । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन्।सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए।

सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।उनले अध्यागमनको जिम्मेवारी निजामती कर्मचारीलाई दिने कुरामा सहमत हुन नसकिने बताए।

उनले भने, ‘अध्यागमन निजामती कर्मचारीलाई भन्दा पनि नेपाल प्रहरीलाई नै यो सबै जिम्मेवारी दिनुपर्छ। यो राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। त्यसैले यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ। अध्यागमन भनेको आफैँमा सुरक्षा हो। अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकायअन्तर्गत राख्ने गरेर जानुपर्छ।’

सांसद रावलले अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस