काठमाडौं ।हिजोआज अभिभावक देखि सबैको सपना अमेरिका गएर उच्च शिक्षा अध्ययन गर्ने र गराउने हुन्छ । कतिको त्यो सपना सफल पनि हुन्छ । त कतिलाई आफनो सपना विपरित जीवनलाई अघि बढाउनुपरेको हुन्छ । त्यसैको एक उदाहरण हुन् सम्भव थपलिया । उनले आफू पनि पढेर भविष्यलाई सोचेर स्थापना गरे ‘जेबेक’ कम्पनी । जसको बजार मूल्य ६० मिलियन अमेरिकी डलर पुगेको छ । अर्थात नेपाली ७ अर्ब रुपैयाँ पुगेको हो ।
‘जेबेक’ अन्य कम्पनीहरूसँग साझेदारी गरेर ती कम्पनीका कर्मचारीलाई ‘रियलटाइम’ तलब दिने नवप्रवर्तनात्मक कम्पनी हो । ‘अमेरिकामा सरसापट चल्दैन । पैसा चाहिएपछि महँगो ब्याजमा ऋण लिनुको विकल्प हुँदैन,’ सम्भव भन्छन्, ‘यसको समाधान नै जेबेक हो ।’ अर्थात जेबेक कम्पनीले टाइहप गरेका कम्पनीका कर्मचारीले प्रत्येक मिनेट, घन्टा र दिनमा आफ्नो तलब पाउँछन् ।
यसले ती कम्पनीका कर्मचारीले महँगो ब्याज तिरेर ऋण लिनुनपर्ने सम्भवको भनाइ छ । फलस्वरूप कम्पनीले छोटो अवधिमै प्रगती गर्न थालेको छ । २३ वर्षका सम्भवले अमेरिकासहित अन्य देशमा पनि सेवा दिन थालेको जानकारी दिएका छन् । न्यू टू द स्ट्रिट टीभीमा अन्तरवार्ता दिँदै सम्भवले आफ्नो कम्पनीमा ७ हजार जना सेवाग्राहीकारूपमा जोडिइसकेको बताएका छन् ।
यस्तै, यही वर्ष सन् २०२२ भित्रमा १ लाख ग्राहक बनाउने उनको योजना छ । तेस्रो कम्पनीकारूपमा सुरू भएको जेबेक नवप्रवर्तनात्मक कम्पनी भएकाले निरन्तर प्रगती गरिरहेको उनले बताए । ‘नेपालमा पहिलो कम्पनी खोलेको थिए । जसमा आफ्नो सारा पैसा सकाए,’ उनले भने, ‘अमेरिका पढ्न आएपछि आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कम्पनी खोले । जसबाट कम्पनी चलाउने ज्ञान पाए । अहिले जेबेकमा त्यही ज्ञानले काम गर्दैछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, १५ : ४२
लेखकबाट थप