प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १५ : ३८
प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

 काठमाडौँ ।प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण सकेर स्वदेश फर्ता भएका छन्। उनी अमेरिका, लेबनान र सिरियाको भ्रमण सकेर आइतबार साँझ स्वदेश फिर्ता भएका हुन्।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्रसंघीय मिसनका विविध पक्ष र भावी योजनाका बारेमा जानकारी हाँसिल गर्ने उद्देश्यले प्रधानसेनापति शर्मा असार ४ गते अमेरिका, लेबनान र सिरियाको भ्रमणमा गएका थिए।

प्रधानसेनापति शर्माले असार ४ देखि ८ गतेसम्म लेबनान र असार ८ देखि ९ गतेसम्म सिरियाको भ्रमण गरेका थिए। लेबनान र सिरियाको भ्रमण सकेर उनी असार १३ गते अमेरिका पुगेका थिए।उनले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका थिए। रक्षा सचिव किरणराज शर्मासहितको ७ सदस्यीय टोली त्यसतर्फ गएको थियो।

प्रतिक्रिया दिनुहोस