करेन्ट लागेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १४ : ५०
करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–६ खिलतपुर निवासी ४५ वर्षीय लालबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ।

नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रित चोकस्थित बलराम डाँगीको निर्माण हुँदै गरेको घरको लागि फलामको रड काट्ने क्रममा करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

नेपालीको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमका लागि राखिएको छ।

प्रतिक्रिया दिनुहोस