उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १३ : ३८
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंमा थप तीन शाखाहरु सञ्चालनमा ल्याएको छ।बैंकले ठूलो भर्‍याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। 

नयाँ शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस