हत्या अभियोगमा एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १३ : ३५
हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौँ । कमलामाई नगरपालिका-६ धुरा बस्ने सुमन विकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।सोही नगरपालिका-६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै-झगडा हुँदा मायारानीले सुमन विकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस